काठमाडौं ।

यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा ११.९२ अंकले बढेर अन्तिम दिन १४८९.०६ अंकमा पुगेको छ ।

यो साता समग्र स्टकको कारोवार १५.६ प्रतिशतले वृद्धि भएको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार २९हजार ३ सय ३० कारोबारहरुबाट दुई अर्ब ९२ करोड पाँच लाख १५ हजार रुपैयाँ बराबरका ६८ लाख २७ हजार छ सय ८० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी समूहगत परिसूचक तर्फ यो साता बाणिज्य बैक, जलविद्युत, उत्पादनमुलक र अन्य समूहको कारोवारमा सुधार भएको छ भने अन्य सबै समूहको कारोवार घटेको छ ।

यस साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड र कारोबार संख्याको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छन् ।

20.28¡ÆC