काठमाडौं ।

क्लब प्रथम चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा शनिबार भएको पहिलो सेमिफाईनलमा फ्रेन्डस क्लबले संकटा क्लबलाई १/० गोल अन्तरले पारजित गर्दै फाईनलमा स्थान शुरक्षित पारेको थियो ।

खेलको ७० औँ मिनेटमा फ्रेन्डस क्लबका सिगुनले फ्रि किक मार्पmत खेलको एक मात्र निर्णायक गोल गरेका थिए ।
प्रतियोगितामा ८ वटा ए डिभिजनका क्लबले भाग लिएका छन् ।
प्रतियोगितामा प्रथम हुने क्लबले ५ लाख र दोस्रो हुने क्लबले २ लाख ५० हजार रुपैँया प्राप्त गर्ने छन् ।

यसैगरि सर्वोत्कृष्ट खेलाडि र सर्वाधिक गोल कर्ताले समान ३० हजार रुपैँया प्राप्त गर्ने छन् ।
यसैबिच नेपाल आर्मी क्लब सताशी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

झापाको झिलझिलेमा शनिबार भएको खेलमा नेपाल आर्मी क्लबले सशस्त्र प्रहरीको ए पि यफ क्लबलाई ३÷२ गोल अन्तरले पराजित गरेको थियो ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका नेपाल आर्मी क्लबका जर्ज प्रिन्स कार्कीले १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने क्लबले ५ लाख र दोस्रो हुने क्लबले २ लाख ५० हजार रुपैँया प्राप्त गर्ने छन् ।

आहा रारा गोल्डपक माघ ९ गतेबाट
१६ औँ आहा रारा गोल्ड कप आउँदो माघ ९ गते देखि पोखरामा संचालन हुने भएको छ ।
प्रतियोगितामा १२ वटा क्लबको सहभागिता रहने आयोजक साहारा क्लबले शनिबार जानकारी गराएको छ ।

प्रतियोगितामा सहभागि हुने विदेशि क्लबको बारेमा केहि दिनमा टुङ्गो लाग्ने पनि आयोजकले जनाएको छ ।

17.12¡ÆC