किराती पूर्खाको प्रतिमा स्थापना

मंसिर २, २०७४ मा प्रकाशित | 2909 views

खोटाङ ।

खोटाङको ऐतिहाँसिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुमडाँडामा किरातीको पूर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा स्थापना गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुमडाँडामा शनिबार किरातीको पूर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राखिएको हो ।

तीन वर्षको प्रयासपछि करिब दुई/दुई सय केजीको प्रतिमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई, पूर्वअध्यक्ष चतुरभक्त राई र गंगाराज राईले संयूक्त रुपमा अनावरण गर्नुभएको हो ।

देश÷विदेशमा बसोबास गरिरहेका किरात र गैर–किरातको आर्थिक सहयोगमा संकलन भएको ५५ लाखको लागतमा किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुममा ढलोटको प्रतिमा स्थापना गरिएको प्रतिमा स्थापना समितिका संयोजक गेन राईले बताउनुभयो ।

प्रचार–प्रसार गर्दै ऐतिहासिकस्थल एबं पर्यटकको गन्तव्यस्थलका रुपमा बिकास गर्नका लागि प्रतिमा स्थापना गरिएको किरात राई यायोक्खाले जनाएको छ ।

तुवाचुङ–जायाजुमडाँडामा दर्शन गर्न र भ्रमण गर्न देश बिदेशका किराती र गैर–किरातीको भीड लाग्ने गरेको छ ।

किराती मिथक, लोककथा अध्ययन र जानकारसँगको परामर्शमा लामो समय र मेहनत लगाएर कलाकार अर्जुन खालिङले तयार पारेको रेखा चित्र अनुसार रैछाकुले, तायामा र खियामाको ढलौटको पूर्णकदको प्रतिमा तयार पारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web