अफगानिस्तान बाधक बन्दा यु १९ एसियाकपमा नेपालको यात्रा सेमिफाइनलमै सिमित

मंसिर १, २०७४ मा प्रकाशित | 7166 views

काठमाडौं ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको फाइनल यात्राका लागि नेपालका अघि अफगानिस्तान बाधक बनेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १ सय ३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १८ ओभरमा ९४ रन बनाउँदा पानी परेको थियो ।

अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट जाँदा लक्ष्य पूरा गरेको हो । अफगानिस्तानका रहमान्नुलाह गुरबाजले ७१ यस्तै इक्राम अलिले १८ रन बनाए ।

इब्राहिम जदरान ३ रनमा आउट भए । कमल सिंह ऐरीको बलमा उनी क्याच आउट भएका हुन ।

अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन । उनले नेपालको ६ विकेट लिए । अनिल कुमार साह अर्धसतक बनाउनु बाहेका अरुले राम्रो खेल्न सकेनन् ।

दिपेन्द्र सिंह ऐरी,  ६ रन रोहित कुमार पौडेललाई ४ रनमा आउट भए । साहलसे ५७ बलमा ७ चौका र एक छक्काको मद्धतमा ५० रन बनाए ।

समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई सेमिफाइनलमा हराउन सकेन । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो ।

पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web