सुरुङ्गा ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा माइक्रोबसले मोटरसाइकललाइ ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

वा३ख ५८८७ नंको माइक्रोबसले मोटरसाइकललाइ ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

23.68¡ÆC