बिदुर ।

नुवाकोटको ककनी गाउँपालिकामा चुनावी प्रचारका बेला प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै आज बम विस्फोट भएको छ ।

विस्फोटबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल छन् ।

उम्मेदवार महतद्वय चढेको बा १४ च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा १६ च ६६५ नं गाडीमा बम लागेको थियो ।

विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा आज बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट भएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिनुभयो ।

बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू घाइते भएका र शरीरको विभिन्न भागमा चोट लागेका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएकोछ । उनीहरूलाई उपचारका लागि काठमाडाँै लगिएको छ ।

20.12¡ÆC