म्याग्दीमा एकहजारको नक्कली नोट भेटियो

मंसिर १, २०७४ मा प्रकाशित | 1567 views

बेनी ।

म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ ।

बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।

केही महिनाअगाडि म्याग्दीमै रु ५०० को नोट भेटिए पनि एक हजारको नक्कली नोट पहिलोपटक बजारमा भेटिएकाले नक्कली नोटको गिरोह जिल्लाभित्र नै हुनसक्ने अनुमान गरिएको छ ।

भीडभाडमा यस्ता नोटहरूको कारोबार हुनसक्ने भन्दै प्रहरीले जानकारी गराउनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web