माओवादी नेता महरा, पुन र सभामुख चढेको गाडीमा बम प्रहार, महतको गाडिमाथिपनि आक्रमण

मंसिर १, २०७४ मा प्रकाशित | 1177 views

काठमाडौं ।

चुनावी अभियानका क्रममा रोल्पा सदरमुकाम लिवाङ जाँदै गरेका बाम गठबन्धनका उम्मेदवारहरु कृष्णबहादुर महरा र वर्षमान पुन तथा सभामुख ओनसरी सहित अन्य चढेका दुई छुट्टाछुट्टै गाडीलाई लक्षित गरी रोल्पास्थित लिवाङको भदौरे मन्दिर नजिकैको जंगलमा आज दिउँसो बम प्रहार भएको भएको छ ।

प्रहरीका अनुसार रोल्पा नगरपालिकाको भदौरे मन्दिरदेखि पूर्वमा रहेको खोल्सामा बम प्रहार गरिएको हो ।

लिवाङको सभालाई सम्बोधन गर्न बाम गठबन्धनको टोली त्यसतर्फ गइरहेको थियो ।घटनापछि प्रहरीले उम्मेदवारसहितको टोलीलाई सुरक्षा दिई सदरमुकाम ल्याइपुर्‍याएको छ ।

यसैगरि नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं।.१ का काँग्रेसका उम्मेदवार डा।रामशरण महत र प्रदेश नंं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट भएको छ । विष्फोटबाट पाँच जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।

उम्मेदवार महतद्धय भने शकुसल छन् ।

चुनावी प्रचार अभियानको क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेको समयमा ककनी गाँउपालिका वडा नं. ५ काउलेथानामा आज बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराएको प्रदेससभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिनुभयो ।

बम विस्फोटबाट काँग्रेसका कार्यकर्ताहरु उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सबिन लामा, रमेश राई लगायत घाइते भएका छन् । शरिरको विभिन्न स्थानमा चोट लागेकाले घाइते भएका मध्ये केहीको अबस्था गम्भीर छ । उनीहरुलाई उपचारको लागी काठमाडौ तर्फ लगिएको छ ।

उम्मेदवार महतद्धय चढेको बा.१४ च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराएको भएपनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा। १६ च ६६५ नं गाडीमा विस्फोट भएको हो ।

विस्फोटबाट गाडी पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । बम विस्फोटको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web