रौतहटमा करेन्ट लागेर एकको मृत्यु

मंसिर १, २०७४ मा प्रकाशित | 1547 views

रौतहट ।

करेन्ट लागेर शुक्रबार रौतहटमा एक जनाको मृत्यु भएको छ ।

पानी तान्ने मोटरमा प्रयोग गरिएको तार बाट करेन्ट लाग्न गई गरुडा नगरपालिका–३ मलाहीटोल निबासी ३० बर्षिय चिन्ता देबी सहनीको मृत्यु भएको छ ।

उनको गरुडा स्थित हेल्थ ल्याण्ड हस्पिटलमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रयोग गरिएको बिद्युत लाईनको बिषयमा ध्यान पुरयाउन नसक्दा करेन्ट लागेर अकालमा ज्यान जानेको संख्या बढदै गएको छ ।

घरमा प्रयोग गरिएको तार नाङ्गो भैसक्दा समेत हेलचक्याई गर्ने बानीले दुर्घटना हुने गरेको नेपाल बिधुत प्राधिकरणले जनाएको छ । खेतमा काम गरेको समयमा, कलकारखाना, घरमा बिधुत सर्ट भई दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web