रुकुम ।

बिना बिभागीय मन्त्री तथा माओबादी नेता जनार्दन शर्मा प्रभाकरले रुकुम जिल्लालाई साम्यबादको नमुना जिल्ला बनाएर लिने बताएका छन ।

रुकुम जनयुद्धको उद्गम थलो मात्र भएर साम्यबादको पनि उद्गम थलो हुने बताएका हुन ।

रुकुम पश्चिमको प्रतिनिधीसभा उम्मेदवार समेत रहेका शर्माले सदरमुकाम मुसिकोटमा आयोजना गरिएको चुनाबी सभालाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन ।

‘हिजो हामीले जनयुद्ध गछौं, राजतन्त्र फाल्छौं भन्दा नपत्याए पनि होलान तर हामीले ग¥यौं, उनले भने, ‘अब हामी दलाल पुजीँपतिहरुको बचश्व रहेको पुजीबादको अन्त्य गरेर हामी समाजबादी अर्थ व्यवस्था यो देशमा निर्माण गर्न चाहान्छौं र त्यसका लागि रुकुमबाट शुरु गर्न चाहान्छौं ।’

रुकुममा श्रमशिल र क्रान्तिकारी जनता भएको उल्लेख गर्दै यो नै समाजबाद पुरा गर्ने आधार भएको बताए । ‘रुकुमबाट जनयुद्ध जस्तै गरि समाजबादको लहर चलाउछौं र त्यसलाई क्रमस सबै जिल्लामा अभियानकै रुपमा बिस्तार गछौं’ उनले भने ।

रुकुममा निर्माण भएको साम्यबादी आधार देशभर बिस्तार गरेर देशभर साम्यबादको बिजारोपन गर्ने उनको भनाई रहेको थियो ।

कार्तिक २० गतेबाट औपचारिक रुपमा चुनाबी सभा र घरदैलो कार्यक्रममा शर्मा गाउँगाउँमा ब्यस्त छन । कार्यक्रममा रुकुम पश्चिम क्षेत्र नं १ का उम्मेदवार रातो कामी सहित अन्य समानुपातिक उम्मेदवाहरुले पनि सभामा सम्बोधन गरेका थिए ।

19.12¡ÆC