डाक्टर माथि आक्रमण गर्ने प्रहरीलाई कारवाही

मंसिर १, २०७४ मा प्रकाशित | 1128 views

सुनसरी ।

जिल्ला अस्पताल इनरुवामा कार्यरत डाक्टर तुसार झा सहितका स्वास्थ्यकर्मीहरुलाई आक्रमण र कुटपीट गर्ने प्रहरी निरीक्षकलाई कारवाहीको लागि सिफारीस गरिएको छ ।

इनरुवामा प्रमुख जिल्ला अधिकारी सहितको सर्वपक्षीय बैठकले डाक्टर झा सहितका स्वास्थ्यकर्मी माथि आक्रमण गर्ने प्रहरी निरीक्षक सन्तोष पोखरेललाई कारवाहीको लागि नियन्त्रणमा लिएको र थप कारवाहीको लागि १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा प्रमाण कागजात सहित पठाउने निर्णय गरिएको छ ।

सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधि सहितको बैठकले डाक्टर माथि आक्रमण र अभद्र व्यवहार गरेको पोखरेललाई नियन्त्रणमा लिइ कारवाही अगाडि बढाउने पोखरेलले गरेको कसुरको आधारमा हदै सम्मको कारवाही गर्न प्रदेश प्रहरीलाई पठाउने, घटनाको बखत भएको क्षतिपुर्ति समेत प्रहरी निरीक्षकबाट भरा मर्मत सम्भार गर्ने, प्रहरी प्रशासनले डाक्टर तुसार झा र स्वास्थ्यकर्मी माथि भएको व्यक्तिगत अघात प्रति दुःख व्यक्त गर्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइ अस्पतालका सबै सेवा आजैबाट सुचारु गर्ने सहमित गरेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी पराजुलीको पहलमा भएको सर्वपक्षीय बैठकमा अस्पतालमा सुरक्षा व्यवस्थामा सहयोग पुर्याउन नगर प्रहरी खटाउने र स्वास्थ्यकर्मीहरुको सुरक्षा व्यवस्था मिलाउने, नगर क्षेत्रमा हुने शान्ति सुरक्षा बिरुद्धको कार्यलाई सबैले रोक्ने सहमति भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटुवालले जानकारी दिनुभयो । बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी पराजुली सहित सुनसरीका प्रहरी उपरीक्षक बिद्यानन्द माझी, सशस्त्र प्रहरी उपरीक्षक ऋषिदेव कार्की, डक्टर प्रविद गजुरेल, डाक्टर बिसाल सुवेदी, डाक्टर दिपक मिश्रा, डाक्टर पुर्णिमा शाक्य लगायतको सहभागीता रहेको थियो ।

बिहिबार साझ बिराटनगरबाट इनरुवा तर्फ आउदै गरेको को १ च ७०३३ नम्वरको एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायव सुब्बा रामचन्द्र भट्राइको मृत्यु भएको र सो बिषयलाई लिएर अस्पतालमा आक्रमण र तनाव भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web