अर्थ मन्त्रिपनि चुनाव प्रचार गर्दै घरदैलोमा

मंसिर १, २०७४ मा प्रकाशित | 2920 views

सुनसरी ।

सुनसरी क्षेत्र नम्वर ४ प्रतिनीधिसभाका उमेदवार तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार सुनसरीको भोक्राहा गाउपालिकामा घरदैलो तथा पार्टी प्रवेस कार्यक्रम गर्नुभएको छ ।

कार्कीले आफनो निर्वाचन क्षेत्र भएकाले प्रचारप्रसारको क्रममा भोक्राहा २ मा घरदैलो तथा पार्टी प्रवेस कार्यक्रम गर्नुभएको हो ।

मन्त्री कार्कीले आफु यस क्षेत्रका लागि उमेदवार नयाँ भएपनि यहाँको समस्याको बिषयमा पूर्ण जानकार भएकाले स्थानीयहरुको पिरमार्का बुझने र काम गर्ने प्रतिबद्धता जनाउदै नवप्रवेसीहरुलाई लोकतन्त्र बादीलाई जिताउनका लागि अपिल समेत गर्नुभयो ।

अर्थमन्त्री कार्कीले देशको विकास आर्थिक सम्बृद्धि, काङग्रेसको नेतृत्वमा मात्रै सम्भव भएकाले आफुलाई जिताउन आग्रह गर्नुभयो ।  घरदैलो कार्यक्रम भोक्राहामा जारी रहेको स्थानीय नेता परमेश्वर मेहताले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web