निर्वाचन अचार संहिता विपरित गर्नेको अनुगमन

मंसिर १, २०७४ मा प्रकाशित | 1015 views

सुनसरी ।

सुनसरीमा निर्वाचनको आचारसंहिता विपरित कार्य गर्नेलाई निगरानी गरिने भएको छ ।

विभिन्न ठाँउमा आचारसंहिता विपरित व्यानर, टि सर्ट र झण्डा तथा गम्छा छापिरहेको सूचनाको आधारमा विभिन्न छापाखानाहरुमा अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार विभिन्न ठाउमा आचारसंहिताले बाधिएको साइज भन्दा ठूलो व्यानर छापिरहेको सूचनाको आधारमा विभिन्न ठाँउमा छापाखाना तथा अपसेटमा निगरानी बढाइएको बताउनुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउनका लागि निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आफूहरुले अपिल गरेको उँहाले बताउनुभयो । उँहाले आचारसंहिता विपरित काम गरेको थाहा पाएमा खबर गर्न समेत आग्रह गर्नुभएको छ ।

वहाँले मंसिर २ गते मतदान स्थलको निरीक्षण गर्ने र मंसिरबाट आचार संहिताको विषयमा अनुगमन र कारबाही गर्ने कार्यको थालनी गर्ने समेत बताउनुभयो ।

े राजनीतिक दलहरुले तुल, व्यानर लगायत पर्चा पम्पप्लेट बनाउँदा र टासदा आचारसंहिता उल्ङघन गरेको सूचनाहरु आएकोले त्यसको अनुगमन गरीने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले बजार क्षेत्रमा टि सर्ट बनाउने काम भएको सूचना आएको र बजारमा रङगीन बनाएर टासिएका र टागिएका निर्वाचन प्रचारका सबै सामग्रीहरु तत्काल हटाउन लगाउने समेत बताउनुभयो ।

वहाँले आचासंहिता विपरित गरिएका क्रियाकलापहरु मान्य नहुने भएकाले त्यसको नियमित अनुगमन गरिने बताउनुभयो  । केही बजार क्षेत्रमा टागिएका र टासिएका प्रचार सामाग्री तत्काल हटाउने आग्रह गर्ने र हटाउन लगाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web