क्वालालम्पुर ।

पहिलो पटक एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको नेपाल अहिले चिर प्रतिद्धन्द्धि अफगानिस्तानको सामना गरिरहेको छ ।

टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको छ । १० ओभरको समाप्तीमा नेपालले ३ विकेट गुमाउँदा मात्र ३२ रन जोड्न सकेको छ ।

पछिल्लो पटक गत जुलाईमा नेपाल र अफगानिस्तानको युवा टोली सिंगापुरमा भएको विश्वकप छनोटमा आमनेसामने भएका थिए । राउण्ड रोबिन लिगमा नेपालले अफगानिस्तान विरुद्ध खेलेका दुबै खेलमा पराजय भोगेको थियो ।

नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । भारतलाई कुनैपनि स्तरको क्रिकेटमा नेपालले पहिलोचोटी पराजित गरेको हो ।

पहिलो सेमिफाइनलमा बंगलादेशलाई २ रनले पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उसले नेपाल र अफगानिस्तानको खेलको विजेतासँग भिड्नेछ ।

लाईभ हेर्नुहोस्

29.12¡ÆC