एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग भिड्दै

कार्तिक ३०, २०७४ मा प्रकाशित | 2757 views

काठमाडौं ।

एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा शुक्रबार नेपालले अफगानिस्तानको सामना गर्दैछ ।

खेलअघि प्रतिक्रिया दिँदै नेपाली प्रशिक्षक विनोद दासले नेपालले विगतको भन्दा फरक खेल प्रस्तुत गर्ने बताउनुभयो ।

पछिल्लो पटक गत जुलाईमा नेपाल र अफगानिस्तानको युवा टोली सिंगापुरमा भएको विश्वकप छनोटमा आमनेसामने भएका थिए । राउण्ड रोबिन लिगमा नेपालले अफगानिस्तान विरुद्ध खेलेका दुबै खेलमा पराजय भोगेको थियो ।

नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । भारतलाई कुनैपनि स्तरको क्रिकेटमा नेपालले पहिलोचोटी पराजित गरेको हो ।

पहिलो सेमिफाइनलमा बंगलादेशलाई २ रनले पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उसले नेपाल र अफगानिस्तानको खेलको विजेतासँग भिड्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web