जाजरकोट । जुम्लाबाट जाजरकोट, वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोरोको आज बिहान मृत्यु भएको छ ।

जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् ।

जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका मात्र यो बाटो हिँड्ने गरिन्छ भने दिउँसो हावाहुरीले हिँड्न मिल्दैन । लेकमा बाटो निर्माण नहुँदा वर्षेनी यस ठाउँमा अकालमै मानिसको ज्यान जाने गर्छ ।

24.88¡ÆC