गोरखा । बाम गठबन्धनबाट गोरखा २ का उमेद्वार तथा नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरी आज कुकर बम बिस्फोट भएको छ ।

गोरखा नगरपालिका ११ को सिर्दिखोला पुल नजिकै सडक छेउमा बोराभित्र राखिएको बम आज अपरान्ह बिस्फोट भएको हो ।

उमेद्वार श्रेष्ठको टोलीमा प्रचारका लागि प्रयोग गरिएको एमाले नेता बिकल कुमार श्रेष्ठ चढ्ने बा २ च ९४६३ नम्बरको गाडी नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सिल्भरका टुक्राहरु भेटिएकाले कुकर बम बिस्फोट भएको अनुमान प्रहरीले गरेको छ । बिप्लव समूहले निर्वाचन बहिष्कार गरेको हुनाले घटनामा उसको संलग्नता हुनसक्ने अनुमान छ ।

विप्लवका ६ कार्यकर्ता प्रकाउ

भोजपुर । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा भोजपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले उनिहरुलाई जिल्लाको विभिन्न ठाउबाट पक्राउ गरेको हो । गत २८ गते पुर्व सुचना तथा सञ्चार मन्त्री शेरधन राई माथी बम प्रहार गरेको आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भईरहेको भोजपुरका प्रहरी नाएव उपरिक्ष दिपेन्द्र पन्जीयार थारुले वताउनुभयो ।

नेकपाका ६ जना प्रहरीको नियन्त्रणमा

अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै विप्लवका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका विप्लवका नेता तथा कार्यकर्तामाथि सोधखोज र अनुसन्धान भइरहेको र उनीहरुबाट हुन सक्ने खतराप्रतिको संवेदनशीलतामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरी निरिक्षक प्रदिप डिसिले जानकारी दिनुभयो ।

यसगरी सुनसरी जिल्लामा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्र्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

19.12¡ÆC