स्वाधीनताका लागि वाम एकता, नेपालमा अब कहिल्यै नाकाब हुन सक्दैन : अध्यक्ष ओली

कार्तिक ३०, २०७४ मा प्रकाशित | 705 views

बागलुङ । नेकपा 'एमाले' का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य भएको बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धनद्वारा बागलुङको गलकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको समृद्धि र सुव्यवस्था आफूहरूले चाहेको उल्लेख गर्नुभयो ।

नेता ओलीले दिगो सरकारले मात्र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने बताउनुभयो ।

सोही सभालाई सम्बोधन गर्दे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको प्रक्रिया सुरु भएको बताउनुभयो ।

उहाँले धेरै दल हुँदा अस्थिरता बढेको भन्दै दलहरुबीचको एकता सुखद भएको बताउनुभयो ।

नेपालमा अब कहिल्यै नाकाबन्दी हुन सक्दैनः ओली

पर्वत र स्याङ्गजामा आयोजित अर्को कार्यक्रममा नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने बताउनुभयो ।

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति कुश्मा बजारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताउनुभयो ।

सोही सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले कम्युनिष्टहरुको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको काँग्रेसलाई लोकतन्त्रबादी शक्तिसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web