धनगढी ।

प्रधानमन्त्री शेर बहादुर देउवाले आसन्न प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले निर्वाचन सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएको बताउनुभयो ।

उहाँले सरकारले निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था मिलाएकाले ढुक्क भएर निर्वाचनमा लाग्न उम्मेदवार, कर्मचारी र मतदातालाई आग्रह गनुभयो ।

नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि र विकासका लागि यो निर्वाचन महत्वपूर्ण हुने बताउनुभयो ।

आजै, डडेल्धुरामा आयोजित चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबासीले दिएको मायाले आफू देशकै नेतृत्वमा पुगेको र जनताले दिएको मायाको दुरुपयोग हुन नदिने वताउनुभयो ।

उहाँले पञ्चेश्वर परियोजना चाँडै शुरु हुने बताँउदै पश्चिमी सेती परियोजनाको निर्माणका विषयमा आफूकहाँ चिनियाँ कम्पनीहरु संवादका लागि आएको जानकारी दिनुभयो ।

उहाँले वाम गठबन्धनलाई प्रजातन्त्र विरोधी भएको आरोप लगाउँदै कम्युनिष्ट शासन त्रासपूर्ण हुने बताउनुभयो ।

20.12¡ÆC