ओलीको आरोप-‘उम्मेदवार हत्या योजनामा सरकारको संलग्नता’

कार्तिक २९, २०७४ मा प्रकाशित | 750 views

भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अगाडि एमाले र माओवादी केन्द्र बिच पार्टी एकिकरण नहुने बताउनुभएको छ ।

आज मध्यपुरथिमिको लोकन्थलीमा एमालेले आयोजना गरेको एमालेसंग नयाँ शक्ति पार्टी एकीकरण कार्यक्रममा बोल्दै उहाँले निर्वाचन अघि दुई दलबीच पार्टी  एकीकरण गर्न नभ्याईने भएकाले निर्वाचन पछि मात्र एकिकरण हुने  बताउनुभयो ।

ओलीले वामगठबन्धनदेखि आत्तिएकाहरुले एमाले र  माओवादी केन्द्रका उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको बताउनु भयो ।वामगठबन्धनको उम्मेदवार माथि मात्रै हत्या गर्ने योजना सहित आक्रमण हुनुमा सरकारको समेत संलग्नताको आशंका उहाँले व्यक्त गर्नुभयो ।

जनताले सिटामोल नपाउने तर सरकारले निर्वाचनका बेला करोडौ रुपैया बाडिरहने गर्नु गलत भएको बताउँदै उहाँले अनुचित र गैरकानूनी कार्यको चुनाव पछि बन्ने सरकारले छानबिन गर्ने उहाँको भनाई थियो ।

सरकारले निर्वाचन आचार संहिता उलंघन गरेर सरुवा, बढुका गरेको, राज्यको ढुकुटीको दुरुपयोग गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले लोकतन्त्रमा मनपरी गर्ने छुट सरकारलाई पनि नभएको जिकिर गर्नुभयो ।

कार्यक्रममा माओवादी कम्युनिष्ट केन्द्र नेपालको केन्द्रीय संयोजक केशव दाहालको नेतृत्वमा केन्द्रका सिंगो केन्द्रीय समिति पदाधिकारी सहित एमालेमा समाहित भएको छ ।

त्यस्तै नयाँ शक्ति पार्टी, नेकपा(माले), राप्रपा र काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका १ हजार ८७९ जनालाई ओलीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web