मलेसिया ४५ रनमै अलआउट, नेपाल ४६ रनको झिनो लक्ष्य पछ्याउँदै मैदानमा (लाईभ)

कार्तिक २८, २०७४ मा प्रकाशित | 7797 views

काठमाडौं ।

नेपालले मलेसियामा जारी आई सी सी अण्डर १९ यूथ यशिया कप क्रिकेट प्रतियोगितामा मलेसियालाई उसकै घरेलु मैदानमा मात्र ४५ रनमा समेट्दै सबै खेलाडीलाई पेभेलियन फर्काइदिएको छ ।

मलेसियालाई ४५ रनमा अलआउट गर्ने क्रममा सन्दिप लामिछानेले सबैभन्दा बढी ५ विकेट लिएका छन् ।

अन्तिम विकेट समेत लिएका सन्दिपले मात्र ८ रन खर्चिएर ४.३ ओभर बलिंग गरेका थिए ।

नेपालको लागि सहब अलम र दिपेन्द्र सिह ऐरिले समान २ २ विकेट लिए भने अनिल कुमार शाहले एक विकेट लिएका थिए ।

सन्दिप लामिछानेको बलमा एलबिडब्लु भएका मलेसियाका सैफ उल्लाह मलिकले सबैभन्दा बढी १३ रन जोडेका थिए । मलेसियाका कुनैपनि खेलाडी नेपाली बलरसामु मैदानमा टिक्न सकेनन् ।

२.९ रनरेटमा नेपालले पाएको ४६ रनको झिनो लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिगंमा उत्रंदैछ ।

आईतबार भएको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गर्दै एतिहासिक सफलता प्राप्त गरेको थियो । पहिलो खेलमा भने नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

नेट रन रेटका आधारमा २ अङ्कसहित भारत दोस्रो स्थनमा रहेको छ भने समान २ अङ्क रहेको नेपाल तेस्रो स्थानमा रहेको छ । मलेसियाले अहिले सम्म कुनै अङ्क जोड्न सकेको छैन ।

समूहको विजेता र उपविजेता समिफाईनलमा प्रवेश गर्ने भएकाले आजको खेलमा नेपालले मलेसियालाई धेरै रनरेटमा पराजित गरेमा र भारत पनि पराजित भएको खण्डमा नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ भने साविकको विजेता भारत नेपालसँगको एतिहाँसिक पराजयको स्वाद चाख्दै घर फर्कनेछ ।

खेलको लाईभ भिडियो केही बेरमा राख्ने प्रयासमा छौं । हामीसँगै रहनुहोला ।

लाईभ अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web