जाजरकोट ।

जाजरकोट पुर्वी भेकका मतदाताले नलगाड जलविद्युत छिटो निर्माणको माग गरेका छन् । भोट माग्न गाउ पसेका उम्मेदवार र नेतासँग मतदाताले यस्तो माग गरेका हुन् ।

सक्ला, ढीमे, खलंगा, दल्ली, लहँ, डाडागाउ, रग्दा, भगवती, लिम्सा, खगेनकोट लगाएत गाउका मतदाताले काँग्रेस र बामगठबन्धनका उम्मेदवारसँग नलगाड जलविद्युत छिटो निर्माणको माग गरेका हुन् ।

बामगठबन्धनका उम्मेदवार माओबादी नेता शक्तिबहादुर बस्नेत र काँग्रेसका उम्मेदवार राजिवविक्रम शाहसँग अधिकांश मतदाताले उक्त जलविद्युत आयोजना निर्माणमा लापरबाही भएको गुनासो गरेको छन् ।

दुबै नेतासँग आयोजना पहिचान भएको ३ दशक वित्दा समेत निर्माणले गति नलिएको भन्दै तपाईहरुले के हेरेर बसेको ? भन्दै मतदाताले आक्रोस ब्यक्त गरेका छन् ।

मतदाताले दुई प्रतिश्पर्धी मध्ये जस्ले यो आयोजनाको निर्माणलाई अघि बढाउन पहल गर्छ उसैलाई यसपालिको चुनावमा भोट दिने समेत बताएको छन् ।

जाजरकोटको विकास र स्मृद्धीको श्रोत नलगाड अल्पत्र पर्न लागेको त्रिवेणी नलगाड नगरपालिका ८ को गोविन्द शाहीले बताउनु भयो ।

जलमाफियाको चलखेलका कारण आयोजना कम्पनी मोडेलमा जाँदा अलपत्र परेको भन्दै शाहीले देशकै ठुलो मध्येको एक ४ सय १० मेघावाटको जलाशययुक्त नलगाड हाईड्रोपावर कम्पनी ओझेलमा परेपछि त्यस क्षेत्रका मतदाता निरास बनेका बताउनु भयो ।

कम्पनीको मुआव्जा वितरण, पुर्वाधार निर्माण लगाएत कार्य अलपत्र पर्नुको साथै विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणको कार्य समेत धीमा हुँदा स्थानीय संसकित बनेका हुन् ।

15.75¡ÆC