बाढीबाट क्षतिको पुनःउत्थानका लागि ७३ अर्ब लाग्ने

कार्तिक २७, २०७४ मा प्रकाशित | 813 views

काठमाडौँ । गत साउनमा गएको बाढीले ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।

राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ ।

प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले जानकारी दिनुभयो ।

उहाँले आगामी ३ वर्षमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनःस्थापना रणनीति अवलम्बन गरिने बताउनुभयो । जोखिमलाई सम्बोधन गर्नका लागि आवश्यक रुपरेखाको प्रस्तावसहित प्रतिवेदन आफूले प्रधानमन्त्रीलाई बुझाएको योजना आयोगका उपाध्यक्ष डा। स्वर्णीम वाग्लले बताउनुभयो ।

प्रतिवेदनमा साउन २७ देखि ३० गतेसम्म गएको बाढी र त्यसबाट भएको क्षतिलाई मात्र समेटिएको छ । बाढीबाट देशभरका ३५ जिल्ला प्रभावित र १८ जिल्ला अत्यधिक प्रभावित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web