प्रधानन्यायाधीशद्वारा मुद्दा व्यवस्थापनबारे छलफल

कार्तिक २७, २०७४ मा प्रकाशित | 733 views

काठमाडौं ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दा व्यवस्थापनलगायतका विषयमा आज वरिष्ठ अधिवक्तासँग सुझाव माग्नु भएको छ ।

प्रधानन्यायाधीश पराजुलीले पेशी व्यवस्थापन, अतिरिक्त समय थप काम गर्ने लगायत पीडितलाई छिटो न्याय दिन बिहान ९ः३० बजेदेखि इजलास राख्ने विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्तासँग सुझाव माग्नुभएको थियो ।

वरिष्ठ अधिवक्ताहरुले बिहान ९ः३० मा इजलास शुरु गर्ने कुरा त्यति वैज्ञानिक नभएको हुँदा शुरुमा १०ः३० देखि शुरु गर्दा उपयुक्त हुने विषयमा सुझाव दिनुभएको थियो ।

छलफलमा सर्वोच्च अदालतका न्यायाधीशहरु  दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्की तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सर्वज्ञरत्न तुलाधर, लक्ष्मीबहादुर निराला, महादेवप्रसाद यादव, विश्वकान्त मैनाली, यज्ञमूर्ति बञ्जाडे, हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की, रामप्रसाद श्रेष्ठसहित ६० जनाभन्दा बढीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web