प्रधानमन्त्री देउवाको पश्चिम क्षेत्रको चुनावी दौड २८ गतेबाट

कार्तिक २७, २०७४ मा प्रकाशित | 700 views

ललितपुर ।

आसन्न निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक २८ गतेदेखि पश्चिम नेपालको भ्रमण गर्नुहुने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्तिक २८ गते प्रधानमन्त्री नेपालगञ्ज प्रस्थान  गर्नुहुनेछ ।

सोही दिन उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नुहुनेछ ।

प्रधानमन्त्री देउवा २९ गते धनगढी जाने कार्यक्रम रहेको छ ।

सोही दिन उहाँले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसंग क्षेत्रको शान्ति,सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ  ।

३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डँडेलधुरा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले गृहजिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिदै आमसभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसंग जानकारी लिनुका अतिरिक्त नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले दार्चुला बैतडी बझाङ्ग बाजुरा त्यसपछि रुकुम,रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web