रसुवा ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्नसक्ने प्रभावलाई मध्यनजर राखी रसूवा जिल्लामा गैरसरकारी संस्थाका कामकाजमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार निर्वाचन अवधिमा गैरसरकारी संस्थाले गरेका कार्यक्रमले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउन असर पर्नसक्ने भएकाले निर्वाचन अवधिभरलाई कुनै काम नगर्न नगराउन निर्देशन दिइएको छ ।

16.7¡ÆC