धादिङ ।

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं १ मा बस दुर्घटना हुदाँ ४ जना घाईते भएका छन् ।

विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ७६८७ नम्बरको गाडी आइतबार बेलुका कान्तिपुर होटलमा खाना खाएर पछाडि हटाउने क्रममा सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा घाईते भएका मध्ये दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

18.69¡ÆC