सोलुखुम्बु ।

सोलुखुम्बुको पछिलो समय एकै सातामा तीन जनालाई भालुले आक्रमण गरेर सख्त घाइते बनाएको छ ।

शनिबार भालुको आक्रमणमा परी सोताङ गाउँपालिका–५ का २८ बर्षिय रामबहादुर नाछिरिङ राई गम्भिर घाइते हुनु भएको छ । उहाँको शरीरका विभिन्न भाग र टाउकोमा गम्भिर चोट लागेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा सामान्य उपचारपछि राईलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाण्डौँ लगिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

केही दिनअघि कोशीपारी एकजना विद्यार्थीलाई आक्रमण गरेलगत्तै सोलुदुधकुण्ड नगरपालिकाको गार्मामा अर्को एकजनालाई आक्रमण गरको थियो ।

25.42¡ÆC