एसीसी यू-१९ क्रिकेटमा भारतलाई हराउँदै नेपालको ऐतिहाँसिक जित

कार्तिक २६, २०७४ मा प्रकाशित | 9478 views

काठमाडौं ।

नेपालले एसीसी यू १९ एसिया कप क्रिकेटमा भारतलाई हराउँदै ऐतिहाँसिक जित दर्ता गरेको छ ।

कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ र बलिङले एसीसी अन्डर १९ एसिया कप प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि ऐरीले सर्वाधिक ८८ रनको योगदान दिनुका साथै ३ विकेट समेत लिएका थिए ।

यसअघि मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपालले निर्धारति ५० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ८८ रन बनाए। ११ बल खेलेका ऐरीले २ छक्का र ४ चौका प्रहार गरेका थिए।

सुरुवात कमजोर रहेको नेपालका लागि जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रनको योगदान दिए। नेपालका सात जना खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। भारतका लागि  आदित्य थाक्रे र  अभिशेक शर्माले २(२ विकेट लिए। मन्दिप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अर्थव टइडेले १–१ विकेट हात पारे ।

पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाल यस खेलमा भने जित हात पार्न सफल भए पछि दोस्रो चरणमा प्रवेशको आशा जिवितै रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web