सङ्खुवासभामा निर्वाचन तयारी अन्तिम चरणमा

सङ्खुवासभा ।

मंसिर १० गते हुने प्रतिनिधी र प्रदेश सभा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रबाट प्राप्त भएको निर्वाचन सामग्रीको ब्यवस्थापन सकिएसँगै सङ्खुवासभाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

निर्वाचन आयोगबाट प्राप्त भएको मतपत्र, पत पेटीका लगायतको निर्वाचन सामग्रीहरु प्रत्येक मतदान केन्द्रको लागि छुट्याईसकेको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए । प्रत्येक निर्वाचन केन्द्रको लागि कर्मचारीहरु खटाईसकिएको उनको भनाई छ ।

निर्वाचनको लागि खटाईएको कर्मचारीहरुलाई नियुक्ति दिएर मतदान केन्द्रमा पठाउन मात्र बाँकी रहेको मुख्य निर्वाचन अधिकृत राउतले बताए । कर्मचारीहरुलाई नियुक्ती पत्र दिएर निर्वाचन केन्द्रमा पठाएसँगै निर्वाचनको सम्पुर्ण तयारी पुरा हुने जानकारी दिए ।

जम्मा ८६ प्रकारको मतदान सामग्री हुनेमा १७ प्रकारको सामग्री जिल्ला निर्वाचन कार्यालयले खरिद गरेको र बाँकी निर्वाचन आयोगबाट प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सङ्खुवासभाको विभिन्न ठाउँमा मतदाता शिक्षा समेत सञ्चालन भईरहेको छ ।

मतदाता प्रशिक्षकहरु नागरिकको घरघरमा पुगेर मतदान सम्बन्धी जानकारी दिईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

TOP