अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन ३ वर्षमा सम्पन्न हुने

कार्तिक २५, २०७४ मा प्रकाशित | 929 views

बीरगञ्ज ।

बहुप्रतिक्षित अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना आगामी ३ वर्षमा निर्माण सम्पन्न हुने भएको छ ।

अमलेखगन्जदेखि रक्सौलसम्मको ३८ किमि लम्बाई पाइपलाइन बिछ्याउन बोलपत्र हुनाका साथै आगामी डिसेम्बरसम्म सम्पूर्ण आवश्यक सामग्री आइसक्ने परियोजनाले जनाएको छ । निर्माण सुरु भएको मितिले ३६ महिनामा काम सम्पन्न गर्ने समयावधि तोकिएको परियोजनाको लागत रु चार अर्ब २० करोड रहेको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

गत विहीबार नेपाल आएको तीन सदस्यीय भारतीय टोलीले हिजो नेपाली अधिकारीका साथ परियोजना क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

संयुक्त टोलीले निरीक्षणकाक्रममा खासगरी पाइपलाइनस्थल र पाइपलाइन विस्तार कसरी अघि बढाउने सम्बन्धमा निरीक्षण गरेको थियो ।

टोलीले त्यस क्षेत्रमा भइरहेको सडक विस्तार पाइपलाइन बिछ्याउन सहज हुने भएपनि कतिपय स्थानमा घरटहरा र विद्युत् खम्बा तथा ट्रान्सफर्मर हटाउनुपर्ने निष्कर्ष निकालेको छ । परियोजना भारतको मोतीहारीसम्म विस्तार गर्ने भारत पक्षको तयारी छ ।

यसको कुल लम्बाई ७२ किमि छ । भारतले हालको रक्सौल डिपोलाई मोतीहारीमा विस्थापन गर्ने काम अघि बढाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web