काठमाडौं ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका नेता तथा मन्त्रीहरुले लगातार निर्वाचन आचारसंहिता उल्लंघन गर्न थालेका छन् ।

अरुलाई निर्वाचन आचारसंहिता पालना गराउनुपर्ने र सदाचारको भाषण गर्दै हिँडेका काँग्रेस नेता तथा पर्यटनमन्त्री जितेन्द्रनारायण देवले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सार्वजनिक विद्यालयमा नेपाली काँग्रेसको चुनावी कार्यक्रम गर्दै निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि आयोगले स्पष्टिकरण मागेको हो ।

सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको काँग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नगर्ने भनेर स्पष्टीकरण माग गरेको छ ।

यस्तै कांगेस रप्तरीका सभापति एवं क्षेत्र नम्बर ३ का उम्मेदवार दिनेशकुमार यादव र जनता मा।विका प्रधानाध्यापक सूर्यनारायण यादवलाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

26.12¡ÆC