<p>पप्पु गुरुङ्, २४ जेठ / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका स्थित रहेको कृषी बिकास बैंक शाखा कार्यालयले ऋण दिदा कमिसनको चलखेल गर्दै आएको स्थानियहरुले आरोप लगाएका छन् । सरकारी मातहतमा रहेको दोधारा चाँदनीमा रहेको एक मात्र बैंक कृषी बिकास बैंक शाखा कार्यालयले गरिब किसानहरुको जिवन स्तर उकास्न तथा कृषीमा उनिहरुको बैज्ञानिककरण गर्ने लगाएतका उद्धेश्यले स्थापित भएको भएपनि कर्मचारीहरुको कमिसन खेलले कृषी बिकास बैंक लि.ं दोधारा चाँदनी बेलाबखत चर्चामा आउदै गरेको छ् । ऋण लिदा कमिसनको खेल हुने हुदा स्थानियहरुमा बैंक प्रति नकारात्मक सोच बन्दै आएका बताईन्छ् । कमिसन नदिनेहरुको महिनौ बित्दा समेत ऋण स्विकृत नगरिदिने गरेको स्थानियहरुको आरोप रहेको छ् । कमिसन दिनेहरुले एकै दिनमा लाखौ रुपिया ऋण पाउने गरेको दोधारा चाँदनीबासीहरुको भनाई रहेको छ् । जग्गाधनी प्रमाण पुर्जालाई कृषी बिकास बैंकमा ऋण लिएर बैदेशिक रोजगारको लागी ऋण काढ्ने र उक्त कार्यमा बैंकको कर्मचारीबाट एक लाख ऋण काढ्दा रु. ५ हजार कमिसको खेल हुने गरेको समाचार श्रोतको दाबी रहेको छ् । बैदेशिक रोजगारको निम्ती रकमको लागी प्राय: युवाहरु कृषी बिकास बैंक धाउने गरेको छन् । उक्त ऋण लिदा कमिसनको चलखेल हुने गरेको बताईन्छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलका महाबिर क्षेत्रीले ८ महिना बित्दा समेत रु. २ लाख रुपिया ऋण नपाएको दुखेशो गरेका छन् । “मेरो भन्दा पछि माँग फारम भरेका ऋणीहरुले ऋण पाए, मैले पाएन्” क्षेत्रीले दुखेशो पोखे । उनि २ महिना सम्म कृषी बिकास बैंकको कार्यालयका कर्मचारीहरु संग बिन्ती गर्दा समेत ऋण नपाएको उनले बताएका छन् । तर कार्यालयले भने बैंकमा रकम नभएको कारण ऋण दिन नसकेको बताउदै आएका छन् । कृषी बिकास बैंकको कमिसनको खेलको कारण दोधारा चाँदनीका गरिब कृषकहरु मर्कामा पर्दै आएको एक थरीको भनाई रहेको छ् । दोधारा चाँदनी स्थित रहेको कृषी बिकास बैंक कार्यालयले गरेको कमिशनको खेल तत्कालै बन्द गरेर गरिब किसानलाई सहुलित ढङ्गबाट ऋण प्रवाह गर्नु पर्ने अन्यथा कृषी बिकास बैंक दोधारा चाँदनीमा रहेको अर्थ नभएको स्थानिय राजनितीक दलका प्रतिनिधी पर्शुराम सुनारले बताउनुभएको छ् । “कसैलाई लाखौ रुपिया एकै दिनमा ऋण दिने, कसैलाई महिनौ बित्दा समेत माँग फारम स्बिकृत नगर्ने गरेको मैले सुनेको छु” सुनारले बताउनुभयो । कृषी बिकास बैंक लिं. शाखा कार्यालय दोधारा चाँदनीको श्रmणमा कमिसनको चलखेलले दोधारा चाँदनीमा रहेका शहकारी संस्थाहरुमा आकर्षित हुदै आएको गुनासो बन्दै आएको छ् । दोधारा चाँदनीमा बिभिन्न समयमा हुने सभा समाहरोहमा समेत कृषी बिकास बैंकले गरेको कमिसनको खेल र त्यसबाट परेको असरको बारे कुरा आउदै गर्दा पनि कृषी बिकास बैंक नसच्चीएको एक थरीको भनाई रहेको छ् । जस्ले गर्दा बैंकको छबी प्रति नकारात्मक बन्दै आएको जानकारहरु बताउदै आएका छन् । कृषी बिकास बैंक लिं.शाखा कार्यालय दोधारा चाँदनीका प्रमुख गणेश चन्द अनुसार ऋण नपाएकाहरुले उक्त आरोप लगाएको हुनसक्ने बताएका छन् । “हामी सबैको आवश्यकता हेरेर ऋण प्रवाह गर्दै आएका छौं । हाम्रा ग्राहकबाट एक रुपिया लिएका छैननौं ” कृषी बिकास बैंक लिं. शाखा कार्यालय दोधारा चाँदनीका प्रमुख गणेश चन्दले बताउनुभयो । <br><br><br></p>
18.12¡ÆC