फुटबल खेलाडी थापा युरोपेली फुटबल महासंघको स्नाकोत्तर तहको तालिममा सहभागी

कार्तिक २१, २०७४ मा प्रकाशित | 3557 views

काठमाडौं । नेपालका पूर्व अन्तराष्ट्रिय फुटबल खेलाडी कुमार थापा युरोपेली फुटबल महासंघ यु ई एफ ए को स्नातकोत्तर तहको तालिममा सहभागि हुने भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा अहिले नेपाली महिला राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक समेत रहेका थापाले काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिमको उपयोगिताबारे जानकारी गराउनुभएको थियो ।

तालिममा सहभागी २६ जनामध्ये कुमार थापा एक्ला एशियाली माहादेशीय खेलाडी हुन् ।

२ वर्षे तालिममा पूर्व विश्वकप विजेता तथा युरो कप विजेता लगायत अन्य अन्तराष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको छ ।

पत्रकार सम्मेलनमा कुमार थापाले फुटबलकै कारण यस्तो महत्वपूर्ण तालिममा सहभागिताको मौका पाएको जनाउँदै तालिम सकुशल सम्पन्न गर्न सके यसले नेपाली फुटबल क्षेत्रमा अझ टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिम विभिन्न ७ देश स्विटजरल्याण्ड, फ्रान्स, ईङ्गल्याण्ड, स्पेन, जर्मनी, नेदरल्याण्डस् र अमेरिकामा सञ्चालन हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web