नुवाकोटमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना गम्भिर

कार्तिक २१, २०७४ मा प्रकाशित | 1259 views

बिदुर ।

नुवाकोटको तादी गाउँपालिका वडा नं ४ स्थित सुन्दरादेवीको बाह्रबिसेमा आज विहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नं. को एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका २४ वर्षिय सन्दीप भारतीको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

एम्बुलेन्स सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौँ जान लागेको भए पनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । एम्बुलेन्सका चालक को थिए भन्नेसमेत खुल्न बाँकी छ ।

दुर्घटनापछि एम्बुलेन्स सञ्चालन गर्ने संस्था कान्तिपुर डेन्टल जनरल हस्पिटललाई जानकारी गराएकाले त्यहाँबाट प्रतिनिधि आएपछि थप जानकारी खुल्ने प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार अन्य दुई जना सम्पर्कमा नआएकोले घटना रहस्यमुलक रहेको र अनुसन्धान जारी रहेको विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web