काठमाडौं ।

तराजु चुनाव चिन्हमा नयाँ राजनीतिक शक्तिको रुपमा उदाएको विवेकशिल साझा पार्टीले विज्ञदेखी राजनीतिक विश्लेषक, महिला तथा जनजाती र तराईको समुचित प्रतिनिधित्वहुनेगरि आफ्नो समानुपातिक बन्द सूचि बनाएको पाइएको छ ।

रविन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले काठमाडौं उपत्यका सहित देशभर थोरैसंख्यामा मात्र प्रत्यक्ष उम्मेद्धार उठाएपनि समानुपातिकमा भने ३ प्रतिशत थ्रेस होल्ड पार गर्नेगरि मत पाउने ठानिएको छ ।

पार्टीका संयोजक रबिन्द्र मिश्र काठमाडौं क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष उम्मेद्धार बनेका छन् भने काठमाडौंको सबै निर्वाचन क्षेत्रमा उम्मेद्धार घोषणा गरिएको छ ।

उम्मेद्धारहरुको विस्तृत जानकारीको लागि यो समाचार पढ्नुहोस्

विवेकशिल साझा पार्टीबाट रवीन्द्र मिश्र काठमाडौँ १ र सूर्यराज आचार्यद्धारा २ मा मनोनयन दर्ता

यस्ता छन् विवेकशील साझा पार्टीका समानुपातिक उम्मेद्धारहरु

नयाँ नियम अर्थात् थ्रेस होल्डका कारण यसपटक न्युनतम एक जनाले प्रत्यक्ष निर्वाचनमा जित्नुपर्ने र देशभर खसेको कुल मतको तीन प्रतिशत ल्याएमा उक्त पार्टी राष्टिय पार्टी बन्ने छ । जसले समानुपातिकमा पाएको मतको आधारमा आफ्नो समानुपातिक बन्दसूचिबाट संसदमा जाने नेतृत्व चयन गर्नेछ ।

यसैलाई हेरेर विवेकशिल साझा पार्टीले आफ्नो समानुपातिक बन्द सूचिमा महिला तथा तराई मधेशको प्रतिनिधित्व हुनेगरि यसअघि काठमाडौं महानगरको उपमेयरमा उम्मेद्धार बनेर लोकप्रिय मत ल्याएकी निरुपमा यादवलाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ ।

शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीमा विवेशीलकोतर्फबाट यादवदेखि राजनीतिक विश्लेषक मुमाराम खनालसम्म परेका हुन् ।

विवेकशील साझा पार्टीको बन्दसूचीमा रमेश महर्जन, निरुपमा यादव, प्रकाशचन्द्र परियार, मुमाराम खनाल लगायतको नाम छ ।

त्यसैगरी २५ जनाको बन्दसूचीमा विवेकशील साझा पार्टीले कृषि विज्ञ उमेदकुमार पुन शेरपुञ्जा, प्रतिभा डंगोल, प्रमोद बारघरे, सुनिता कर्माचार्य श्रेष्ठ, जानुका तामाङ, राम तपस्या कुमार साह, खुश्बु शर्मा लगायतलाई समेटेको छ ।

त्यसैगरी प्रदीपकुमार यादव, अरुण चौधरी, गौरी कुमारी चौधरी, गेहेन्द्रप्रसाद दाहाल, रेशु अर्याल ढुंगाना, विमला पन्त ओझा, सोनिका लामा केसी, ऋचा थापा, शुदर्शन धिताल, हर्कबहादुर पुजारा, शोभिता परियार, राधिका दर्जी र सवनम जहांको नाम विवेकशील साझा पार्टीको बन्द सूचीमा समेटिएका छन् ।

विवेकशील साझा पार्टीले प्रदेशहरुमा पनि अनावश्यक उम्मेद्धार राख्ने भन्दा सीमित उम्मेवार उठाएको पाइएको छ । प्रत्यक्षतर्फ पनि जित्ने लक्ष्य राखिएको प्रदेश नम्बर ६ मा भने केही विवेकशिल साझा पार्टीले अन्य प्रदेशको तुलनामा केही बढी संख्यामा समानुपातिक उम्मेदवार बनाएको पाइएको छ ।

20.12¡ÆC