बैतडी ।

भिरवाट लडेर बैतडीमा सोमबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलौली नगरपालिका ४ का २७ बर्षिय रमेश चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

भारतवाट घर फर्किरहेका चन्दको पञ्चेश्वर गाउँपालिका ५ बसन्तथाम भिरवाट लडेर मृत्यु भएको हो ।

गएराती १० बजेसम्म पञ्चेश्वरको तिलौडा पुगेको खवर गरेका मृतक चन्द रातीसम्म पनि घर नपुग्दा घरपरिवारले खोजतलास गरेका थिए । घरपरिवारले खोजतलास गर्दा उनी आजे बसन्तथाम भन्ने भिरमा मृत भेट्टिएका हुन् ।

मृतक चन्दको शव परिवारको जिम्मा लगाईसकेको प्रहरीले जनाएको छ ।

21.69¡ÆC