कटुवा पेस्तोल देखाएर धम्क्याउँदै पैसा असल्न लागेको अवस्थामा बरामद

कार्तिक १२, २०७४ मा प्रकाशित | 812 views

कैलाली ।
कैलारी गाउँपालिका–४ स्थित शंकर होटलबाट प्रहरीले १ थान कटुवा पेस्तोल बरामद गरेको छ । उक्त होटलका संचालक धनश्याम दमाईलाई शनिबार राति भजनी नगरपालिका बस्ने पुरहित बि.क.भन्ने व्यक्तिले हतियार देखाई धाक धम्की दिइरहेको अबस्थामा स्थानीय ब्यक्तिहरुले देखी निजलाई हतियार सहित नियन्त्रणमा लिन खोज्दा हतियार फालेर भागेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हसैलियाबाट खटिएको प्रहरी टोलीले उक्त कटुवा पेस्तोल बरामद गरेको हो ।
फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web