काठमाडौं ।

नेपाली कांग्रेसले मंसीर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा निर्बाचनमा चुनाब लड्ने केन्द्रिय नेताहरुको निर्बाचन क्षेत्र टुग्याएको छ ।

आज बसेको कांग्रेस संसदीय समितिको बैठकले सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउबा सहित २० जना केन्द्रिय नेताको निर्बाचन क्षेत्र निर्धारण गरेको हो ।

कांग्रेसका प्रचार समिति प्रमुख बालकृष्ण खांडका अनुसार प्रधानमन्त्री एबं पार्टी सभापति शेरबहादुर देउबाले डडेल्धुराबाट उ्रम्मेदवारी दिनु हुने छ ।

त्यसैगरी,बरिष्ठ नेता रामचन्द्र पौडेल तनंहु १,महामन्त्री डा. शशांक कोइराला नवलपुर १ प्रकाशमान श्रेष्ठ काठमाडौ १ ,बिमलेन्द्र निधि धनुषा ३, बिजयकुमार गच्छदार सुनसरी ३ र महेश आचार्यले मोरङ्ग ४ बाट उम्मेदवारी दिनु हुने छ ।

त्यसैगरी,डा. मिनेन्द्र रिजाल मोरङ्ग २,डा. शेखर कोइराला मोरङ्ग ६ डा. प्रकाशशरण महत काठमाडौ ५ ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, गोपालपान श्रेष्ठ स्याङ्गजा २ र रमेश रिजाल पर्सा ४ बाट उम्मेदवारी बन्नु हुने प्रचार प्रमुख खांडले जानकारी दिनुभयो ।

त्यस्तै फरमुल्ला मन्सुर बारा ३ एनपी साउद र रमेश लेखक कंचनपुरबाट नबिन्द्रराज जोशी काठमाडौ ८ गगन थापा काठमाडौ ४ नारायण खड्का उदयपुर १ नारायण कार्की उदयपुर २ र अर्जुन जोशी पर्बत २ बाट उम्मेदवार हुने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

बांकी निर्बाचन क्षेत्रको उम्मेदवार कार्तिक १२ गतेसम्म टुंगो लगाउने कांग्रेस संसदीय समितिले जनाएको छ ।

19.12¡ÆC