कमल थापा राप्रपाले बल्ल ५ जना उम्मेद्धारको टुंगो लगायो, यि हुन् उम्मेद्धार

कार्तिक ६, २०७४ मा प्रकाशित | 703 views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतात्रिन्क गठबन्धनबाट प्रतिनिधि सभाको दोश्रो चरणका लागि ५ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।

राप्रपा संसदीय समितिको बैठकले मकवानपुर–२ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख १ मा कुन्तीकुमारी शाही र काठमाडौं–७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिनुहुने निर्णय गरेकोे राप्रपा प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतात्तिक गठबन्धनले सो पार्टीलाई ७ स्थान दिन तयार भएको र बाँकी २ स्थानका लागि उम्मेदवारको छनोट हुन बाँकी रहेको राप्रपाले जनाएको छ ।

राप्रपाले पार्टीको घोषणापत्र र लोकतान्त्रिक गठबन्धनबारे मुलुकका ७ वटै प्रदेशमा चुनावी सभासमेत गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web