अखाद्य ५० किलो बढी मिठाइ नष्ट

कार्तिक २, २०७४ मा प्रकाशित | 849 views

मकवानपुर ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले आज हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ ।

सो अनुगमन टोलीले हेटौँडा वडा नं १, ४ र १० का विभिन्न मिठाइ पसलमा अनुगमन गर्दा मिठाइमा अखाद्य रङ मिसाइएको पाइएकाले उक्त परिणामको मिठाइ नष्ट गरिएको निमित्त प्रजिअ विनोद खड्काले बताउनुभयो ।

पसलको सरसफाइ गरी गुणस्तरीय मिठाइ बिक्री वितरण गर्न निर्देशन समेत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web