कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा आज दिउसो स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पश्चिमवाट पुर्वजादै गरेको वा १५ च १३१२ नम्वरको स्कारपियो जीपले सोहि दिशावाट जादै गरेको लु २ ख १३२५ नम्वरको टिप्परलाई तिब्रगतिमा हाँकेर ओभरट्याक गर्दा स्कारपियो अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनावाट स्कारपियो चालक दाङ घोराई उप महानगरपालिका ५ वस्ने ३७ वर्षका कुस कुमार न्यौपानेको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

स्कारपियोमा सवार एक जना सामान्य घाईते भएको प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

19.12¡ÆC