८८ किलो सुन तत्कारका मुख्य नाईके काँग्रेस नेता पक्राउ

अशोज ३०, २०७४ मा प्रकाशित | 1315 views

काठमाडौं ।

८८ किलो सुन तस्करीमा नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार मुख्य नाईके भएको खुलासा भएको छ ।

काँग्रेसको समानुपातीक सांसदको सूचीमा समेत परेका  रसुवाका मानबहादुर तामाङ ८८ किलो सुन तस्करीको मुख्य नाईके भएको प्रमाणपछि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सोमबार काठमाडौंको स्वयंभूबाट सुन तस्तकरका नाईके अभियुक्त तामाङलाई पक्राउ गरेको हो ।

उनलाई कांग्रेसले आगामी प्रनिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ । उनी नेपाल केरुङ व्यापार संघका अध्यक्ष समेत हुन् । तामाङलाई आज स्वयम्भुबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । सो सुन एक चिनियाँ नागरिकको रहेको अनुमान गरिएको छ ।

८८ किलो सुन रसुवा केरुगंनाकाबाट काठमाडौंसम्म ल्याउन जिम्मा तामाङले गरेको र उनीनै तस्करका नाईके भएको प्रमाण फेला परेपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले अनुसन्धानअघि बढाएको छ । उनी पक्राउ परेसँगै नुवाकोटका शिर्ष काँग्रेस नेताहरु तथा सरकारमा रहेका काँग्रेसका नेताहरुले समेत उनलाई छुटाउन दबाव दिन थालेको उच्च प्रहरीश्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web