उपेन्द्र यादव भन्छन्-‘देउवा सरकारको अहिलेसम्मकै ठुलो मन्त्रीमण्डल अराजनितिक र अलोकतान्त्रीक’

अशोज ३०, २०७४ मा प्रकाशित | 951 views

बिराटनगर ।

संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मन्त्रीमण्डल विस्तार गरी अहिलेसम्मकौ ठुलो वनाउने कार्य अराजनितिक र अलोकतान्त्रीक भएको वताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसंगको कुराकानीमा अध्यक्ष यादवले , यतिको जम्वो मन्त्री मण्डल निर्माण गर्ने कार्य राजनितिक भष्ट्रचार भएको भन्दै  ठुलो मन्त्री मण्डल मुलुकले धान्न नसक्ने वताउनुभयो ।

उहाले अहिलेको मन्त्री मण्डल विस्तारको कार्यलाई एक खालको मुलुकलाई दिवालिया वनाउने षड्यन्त्र समेत भएको भनाई थियो ।

सरकारको समर्थनमा रहेको दल समेतका अध्यक्ष रहनु भएका यादवले भन्नुभयो“संविधानमा वढीमा २५ सदस्य लेख्ने अनी मन्त्री मण्डल विस्तार गर्दा चही संविधानकै खिल्ली उडाउदै जम्वो मन्त्री मण्डल वनाउने यो गलत कार्य हो”।

अर्को एक प्रसगमा अध्यक्ष यादवले वम गठवन्धन खास कम्युनिष्ट नभएकाले यसवाट अहिहाल्नुपर्ने अवस्था नरहेको वताउनुभयो ।  उहाले कम्युनिष्टको नाममा एमाले ,माओवादी विग्रेको कम्युनिष्ट मात्र भएको भनाई थियो ।

उहाले भन्नुभयो“एमाले माओवादी गठवन्धन निर्माण हुदैमा मुलुकनै खान्छन भनेर काग्रेस,राप्रपा अतालिनु नपर्ने भन्दै  उनीहरु एक ठाउमा आउदैमा डराउनुपर्ने अवस्था नरहेको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web