काठमाडौं ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाएका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले बन्द सूची पेश गरेका हुन ।

बन्दसूची पेश गर्नका लागि आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

आयोगमा दर्ता भएका कुल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि यसअघि आयोगमा निवेदन दर्ता गराएका थिए ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विवेकशिल साझा पार्टी, जनता दल नेपाल, चुरे भाबर लोकतान्त्रिक पाटी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी 'राष्ट्रबादी', जनशक्ति नेपाल, जनतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी लगायत रहेका छन ।

24.12¡ÆC