काठमाडौं ।

एशियाली फुटबल महासंघ एएफसी फुटसल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पराजित भएको छ ।

ईरानको टिबरिजमा आईतबार भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तान संग १४÷१ गोलको विशाल अन्तरले पराजित भएको थियो ।

नेपालका लागि एक मात्र गोल शुरज राउतले गरेका थिए ।

नेपालले अन्तराष्ट्रिय फुटसल प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हो ।

दक्षिण र मध्ये क्षेत्रका टोली सम्मिलित फुटसलको समूह ए मा रहेको नेपालले अब किरगिस्तान र तुर्किमिनिस्तान संग खेल्ने छ ।

नेपालको दोस्रो खेल सोमबार किरगिस्तान संग र तेस्रो खेल मंगलबार तुर्किमिनिस्तान संग हुनेछ ।

प्रतियोगिता अन्तर्गत समूह बि मा ईरान, ताजिकिस्तान र अफ्गानिस्तान रहेका छन् ।

23.12¡ÆC