प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक सदस्यको नाम बुझाउने क्रम जारी

अशोज २९, २०७४ मा प्रकाशित | 814 views

काठमाडौं ।

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले आफ्ना उम्मेदवारको बन्दसूची आज पेस गरिरहेका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आइतबार बिहान १० बजेबाट दलहरुले समानुपातीक सदस्यहरुको बन्दसुची बुझाइरहेका छन् ।

सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची पेस गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेहुन्छ ।

दलहरुले उम्मेदवारको बन्दसूची पेस गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रमूख दलहरुले भने आज बिहानसम्मपनि आफ्ना समानुपातीक तर्फका सदस्यहरुको नाम टुंग्याउन नसकेका कारण ढिलोगरि बुझाउने ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web