काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट तान्जेनियाली नागरिक ७३ हजार ८ सय अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

रोबोट निचेल वाइसो नाम गरेका तान्जानियाका नागरिकलाई यतिधेरै डलर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी नेपालबाट दुबई हुँदै तान्जेनिया जाँदै थिए ।

उनको पासपोर्टको आधारमा उनी दोस्रो पटक नेपाल आएको खुलेको छ ।

डीआईजी पंकज श्रेष्ठका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । उनले त्यतिका धेरै रकम कहाँबाट कुन प्रयोजनको लागि लैजान आँटेका थिए भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

21.12¡ÆC