पोखरामा ग्याँस सिलिण्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते

अशोज २५, २०७४ मा प्रकाशित | 818 views

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्याँस सिलिण्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।

प्रतिज्ञा पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्याँस नबलेपछि के भएर ग्याँस बलेन भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट  ग्याँस सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web