माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकीकरण

अशोज २५, २०७४ मा प्रकाशित | 742 views

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकीकरण भएको छ ।

काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले संविधानको कार्यान्वयनका लागि देशमा धेरै पार्टी भन्दा प्रभावकारी केही पार्टी हुनु जनताको हितमा हुने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले २ पार्टीबीच भएको एकीकरणले नेपाली समाजलाई समाजवादमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेकपा संयुक्त पार्टीका अध्यक्ष गणेश शाहले वामपन्थीहरुबीच भएको धुुव्रीकरणले निर्वाचनलाई सफल र उपलब्धिमूलक बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web